प्रधानमन्त्रीको चीन भ्रमण मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत

मंसिर १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीको चीन भ्रमण मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण स्वीकृत भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको मंसिर १७ देखि २० गतेसम्म हुने चीनको औपचारिक भ्रमण स्वीकृत गरेको हो । 

प्रधानमन्त्री ओली मंसिर १७ गते बिहान चीनको बेइजिङ प्रस्थान गर्नुहुने तालिका छ । १८ गते महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री र चिनियाँ जन कंग्रेसका अध्यक्ष लगायत उच्चपदस्थहरुसँग भेटवार्ता गर्नुहुनेछ ।

१८ गते नै दुई देशबीच महत्वपूर्ण सम्झौतामा हस्ताक्षार समेत हुने कार्यक्रम छ । प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबीच एक्लाएक्कै भेटवार्ता गर्ने समेत कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भ्रमणको तेस्रो दिन प्रधानमन्त्री ओलीले नेपाली र चीनियाँ व्यापारीको कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । बेइजिङ विश्वविद्यालयको कार्यक्रमलाई समेत त्यही दिन सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा सरकारी र निजी क्षेत्रका उद्योगी व्यवसायी समेत गरे झन्डै ९० जनाभन्दा बढी सहभागी हुनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement