बीआरआईमा ऋणको साटो अनुदान लिनुपर्छ : सभापति देउवा

मंसिर १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
बीआरआईमा ऋणको साटो अनुदान लिनुपर्छ : सभापति देउवा

धनुषा । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘बेल्ट एन्ड रोड इनिशिएटिभ’ (बीआरआई) मा ऋण लिनुको साटो अनुदान लिनुपर्ने बताउनु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित लोहनामा प्रजातान्त्रिक आन्दोलनका अगुवा अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्न आउनु भएका सभापति देउवाले आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ऋण लिनु ठीक नभएर अहिले अनुदान नै उपयुक्त भएको बताउनु भएको हो ।

सभापति देउवाले चीन नेपालको असल मित्रराष्ट्र भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुग्ने बताउनु भयो ।

फरक प्रसंगमा सभापति देउवाले मधेश प्रदेश सरकारको नेतृत्व परिवर्तनका लागि कांग्रेस एक्लैले केही गर्न नसक्ने भएकाले यसका लागि गठबन्धन दलभित्र छलफलको आवश्यकता रहेको बताउनु भयो । सभापति देउवाले कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.