प्रधानमन्त्रीको चीन भ्रमण सम्बन्ध सुदृढ गर्न केन्द्रित : सञ्चारमन्त्री गुरुङ

मंसिर १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीको चीन भ्रमण सम्बन्ध सुदृढ गर्न केन्द्रित : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीको आसन्न चीन भ्रमण दुई देशबीचको सद्भाव भ्रमण मात्र हुने बताउनु भएको छ । मंसिर १७ गतेदेखि हुने भनिएको प्रधानमन्त्रीको चीन भ्रमणमा ठूला सम्झौतामा हस्ताक्षर हुने सम्भावना नरहेको भन्दै गुरुङले यसपटकको भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्नमा केन्द्रीत रहने बताउनु भएको हो ।

कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै गुरुङले चीनले नेपाललाई गर्न सक्ने अनुदान सम्झौताका विषयमा ठोस प्रगति भए मात्रै बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुने बताउनु भयो । कार्यक्रममा सरकारले चार महिनामा गरेका काम, कांग्रेससँगको एमालेको गठबन्धन सरकारको भविष्य, काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहसँग एमालेको विवादका साथै इलन मस्कको कम्पनी स्टारलिंकले नेपाल सरकारसँग आफ्नो सेवा नेपालमा विस्तार गर्नका लागि राखेको प्रस्ताव लगायतका विषयमा गुरुङलाई सोधिएको छ।

सञ्चारमन्त्री समेत रहेका गुरुङसँगको अन्तर्वार्ता कार्यक्रम फायरसाइडमा आज राति ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement