काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणअघि आज पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गर्नुभएको छ ।
छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चलिरहेको छ । प्रधानमन्त्रीको चीन भ्रमणको एजेन्डालाई लिएर पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली अर्को साता पाँच दिने भ्रमणका लागि उत्तरी छिमेकी चीन जाने निश्चित भइसके पनि अहिलेसम्म सरकारले औपचारिक निर्णय भने गरेको छैन । मंसिर १७ देखि २१ गतेसम्म हुने प्रधानमन्त्रीको भ्रमणका एजेन्डाबारे आन्तरिक तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।