१८ महिनापछि देउवालाई सहमतिको आधारमा सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली

मंसिर ७, २०८१ |अवतार राई
१८ महिनापछि देउवालाई सहमतिको आधारमा सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन २०८४ सालको मंसिरसम्म कायम रहने बताउनुभएको छ । आज काठमाडौंको दरबारमार्गमा आयोजित एमालेको जागरण सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता समीकरण कायम रहनेमा ढुक्क हुन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले सहमतिका आधारमा १८ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पनि बताउनुभयो । उहाँले अराजकता मौलाएर बेथिति बढेकाले लोकतन्त्र खतरामा परेको र त्यही कारण कांग्रेस र एमाले मिलेर देश चलाउनुपर्ने अवस्था आएको पनि बताउनुभयो ।


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।