काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने प्रक्रियामा रहेको बताउनु भएको छ । शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याएर नेपाललाई शान्तिको नयाँ मोडेलका रूपमा प्रस्तुत गर्न सकिने उहाँको भनाइ छ ।
२०६३ मा तत्कालीन सरकार र माओवादीबीच शान्ति सम्झौता भएको १८ वर्ष पूरा भएको अवसरमा आज एक भिडियो वक्तव्य जारी गर्दै दाहालले शान्ति सम्झौताको भावनाअनुसार नै काम अगाडि बढिरहेको बताउनुभएको छ ।
अध्यक्ष दाहालले जनअपेक्षा अनुसार सुशासन, विकास र समृद्धिको पक्षमा लाग्न पनि सबैसँग अपिल गर्नुभएको छ ।