भागबण्डाको राजनीतिले अख्तियार कमजोर बनेको भन्दै पदाधिकारी नियुक्तिमा खुला प्रतिस्पर्धाको माग

पूर्वकर्मचारीलाई मात्र अख्तियारको जिम्मा दिँदा भ्रष्टाचार नियन्त्रण हुनै सकेन
कार्तिक ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
भागबण्डाको राजनीतिले अख्तियार कमजोर बनेको भन्दै पदाधिकारी नियुक्तिमा खुला प्रतिस्पर्धाको माग

काठमाडौं । भ्रष्टाचारको छानबिन गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप निष्पक्ष बनाउन खुला प्रतिस्पर्धाका आधारमा पदाधिकारी नियुक्तिको व्यवस्था गर्नुपर्ने माग संसदीय समितिमा उठेको छ ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा संशोधनकर्ता सांसदहरुले खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्तिको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठले संवैधानिक परिषद्‍बाट नियुक्त हुने व्यवस्थामा पुनर्विचार गर्नुपर्ने बताउनुभयो । नेकपा एमालेका हेमराज राईले पनि अख्तियारका अनुसन्धान अधिकारीहरु खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने व्यवस्था गर्न सुझाव दिनुभयो ।

संशोधनकर्ता सांसदहरुले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियारलाई थप अधिकार र सुविधा सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.