काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत तयार पार्न जागरणसभा गर्नुपर्ने अवस्था आएको बताएको छ ।
एमालेले आज पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी राजनीतिक अस्थिरता र अराजकता रोक्न तथा सरकारले गरेका कामकारबाही जनतासमक्ष पुर्याउन आगामी मंसिर ७ गते काठमाडौंमा जागरण सभा गर्न लागेको जनाएको हो ।
एमालेले अहिलेको व्यवस्थाकै विरुद्धमा समेत केही राजनीतिक दल र अप्रत्यक्ष रुपमा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउन खोजिएको भन्दै त्यसलाई चिर्न जागरण सभा गर्नुपरेको जनाएको हो ।
एमालेको जागरण सभा मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि शक्ति प्रदर्शनसमेत भएको नेताहरुले बताएका छन् ।