कानुन निर्माणमा ढिलाइ भएकाले संसद् नियमावली नै स‌ंशोधन गरेर समयसीमा तोक्न आवश्यक छ : गृहमन्त्री लेखक

कार्तिक ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
कानुन निर्माणमा ढिलाइ भएकाले संसद् नियमावली नै स‌ंशोधन गरेर समयसीमा तोक्न आवश्यक छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कानुन निर्माणमा ढिलाइ भएकाले संसदका नियमावली नै स‌ंशोधन गरेर समयसीमा तोक्न आवश्यक भएको बताउनुभएको छ ।

राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा मन्त्री लेखकले विधेयकहरु वर्षौं नटुङ्गिएको भन्दै नियामावलीमै समयसीमा तोक्नुपर्ने बताउनुभएको हो । तोकिएको समयमा पनि नसकिए समितिमा जस्तो अवस्थामा आएको हो उही अवस्थामा फिर्ता हुने र पुरानै कानुन अघि बढ्ने बनाएमात्र कानुन छिटो बन्ने उहाँको भनाइ थियो ।

राज्य व्यवस्था समितिमा रहेका भ्रष्टाचार निवारण ऐनदेखि संघीयता कार्यान्वयनसम्मका विधेयक छिटो टुङ्गोमा पुर्याउन जोड दिनसमेत मन्त्री लेखकले आग्रह गर्नुभयो ।

त्यसैगरी मन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्दै नीतिगत निर्णयलाई यही कानुनमा परिभाषित गर्नसमेत आग्रह गर्नुभयो । यसमा आवश्यक परे विज्ञ समूहको समेत सहयोग लिन उहाँले समितिलाई आग्रह गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.