प्रधानमन्त्री ज्यूले चीन लगत्तै भारत भ्रमण गर्नुहुन्छ : परराष्ट्रमन्त्री राणा

कार्तिक ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ज्यूले चीन लगत्तै भारत भ्रमण गर्नुहुन्छ : परराष्ट्रमन्त्री राणा

कैलाली । परराष्ट्रमन्त्री आरजु राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणलगत्तै अर्को छिमेकी भारतको पनि भ्रमण गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी गरिरहनुभएकी परराष्ट्रमन्त्री राणाले आज कैलालीको धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भारतको पनि चाँडै भ्रमण गर्ने बताउनुभएको हो । 

प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा भने चिनियाँ पक्षले तय गरेपछि प्रधानमन्त्रीसँग छलफल गरी अन्तिम रुप दिइने उहाँले जानकारी दिनुभयो । परराष्ट्रमन्त्री राणाले भारत र चीन दुवै छिमेकी देश भएकाले दुवै देशसँग सन्तुलित सम्बन्ध कायम गरिने बताउनुभयो ।

यता नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई देशबीच उच्चस्तरको समझदारी कायम गरिने बताउनुभएको छ । उहाँले चीन भ्रमणका क्रममा विगतकै सम्झौता कार्यान्वयनमा जोड दिइने जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली आगामी मंसिर १७ गतेदेखि चीन भ्रमणको तयारीमा हुनुहुन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.