सरकारले अमेरिकाको एसपीपी सम्झौता अघि बढाएर राष्ट्रिय स्वाधीनतासँग सौदाबाजी गर्दैछ : पुष्पकमल दाहाल

कार्तिक २५, २०८१ |बालकृष्ण अधिकारी
सरकारले अमेरिकाको एसपीपी सम्झौता अघि बढाएर राष्ट्रिय स्वाधीनतासँग सौदाबाजी गर्दैछ : पुष्पकमल दाहाल

मकवानपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार सत्ता जोगाउन राष्ट्रिय स्वाधीनताको सौदाबाजी गर्न उद्दत रहेको आरोप लगाउनुभएको छ ।

आज बिहान मकवानपुरको थाहा नगरपालिकास्थित बज्रबाराहीमा प्रेस सेन्टर नेपाल मकवानपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले सरकारले अमेरिकाको राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपीपी) सम्झौताका लागि अमेरिकालाई सैद्धान्तिक सहमति दिइसकेको कुरा बाहिर आएको भन्दै यसले नेपालको राष्ट्रिय स्वाधिनतालाई कमजोर बनाउने बताउनु भयो ।

अध्यक्ष दाहालले अहिलेको शासकीय मोडलबाट भ्रष्टाचार अन्त्य हुन नसक्ने भन्दै निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्नेमा जोड दिनु भयो । सांसद नै मन्त्री, प्रधानमन्त्री हुने व्यवस्था हटाएर कार्यकारी राष्ट्रपति रहने र विज्ञहरुबाट मन्त्री मण्डल बनाउने गरी शासकीय संरचना सुधार गर्नुपर्ने उहाँको भनाइ थियो ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement