दुई ठूला दलको सरकारलाई गल्ती गर्ने छुट छैन : डा. शेखर कोइराला

कार्तिक २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
दुई ठूला दलको सरकारलाई गल्ती गर्ने छुट छैन : डा. शेखर कोइराला

उदयपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको नेतृत्व गर्ने दललाई सरकारमा बसेर गल्ती गर्ने छुट नभएको बताउनुभएको छ । उदयपुरमा बीपी कोइरालाको शालिक अनावरण गर्दै उहाँले कांग्रेस र एमाले मिलेर बनेको सरकारलाई गल्ती गर्ने छुट नभएको बताउनुभएको हो ।

दुई ठूला दलको सरकार हुँदा पनि देश भ्रष्टाचार र सुशासनको हिसाबले गम्भीर रुपमा गुज्रिरहेको बताउँदै उहाँले बितेका सय दिन उपलब्धिहीन रहेको टिप्पणी गर्नुभयो । संविधान संसोधन लगायतका महत्वपूर्ण कामको सुरुवातसम्म नभएको बताउनुभयो ।

संविधान सुधारका लागि अन्य राजनीतिक दलहरुसँग पनि सहकार्य गर्नु जरुरी रहेको उहाँको भनाइ छ । सरकारमा बसेकाले दुई पार्टीबीच सहकार्य गर्नुपरे पनि बाहिर रहेका नेता, कार्यकर्ताले प्रतिस्पर्धीको रुपमा काम गर्नुपर्ने उहाँले बताउनुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.