सरकारविरुद्ध माओवादी केन्द्रको खबरदारी सभा काठमाडौंमा जारी

कार्तिक १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकारविरुद्ध माओवादी केन्द्रको खबरदारी सभा काठमाडौंमा जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज सरकारविरुद्ध खबरदारी सभा गरिरहेको छ । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वयप्रदेश समितिको अगुवाइमा आज जुलुस प्रदर्शनसहित खबरदारी सभा गरेको हो ।

सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारी सभामा परिणत भएको छ । सभालाई अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

माओवादी केन्द्रले १० बुंदे एजेन्डासहित प्रदर्शन र खबरदारी सभा गरेको हो । विपद् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको कार्यान्वयन गराउन सभा आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेको षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदबाब सिर्जना गर्ने एजेन्डा रहेको माओवादीको दाबी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.