माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

कार्तिक १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज सरकारका गलत कदमविरुद्ध जनप्रदर्शन तथा भ्रष्टाचार र बेथितिका विरुद्धकामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्ने भएको छ । आज दिउँसो ११ बजे काठमाडौंको प्रदर्शनी मार्ग सडकमा खबरदारी कार्यक्रम खबरदारी सभा गर्ने माओवादी केन्द्रले जनाएको छ ।

सरकार बाढीपहिरोमा बेपत्ताहरुको खोजी, राहत वितरण र पुनर्निर्माण चुकेको भन्दै मा‌ओवादीले खबरदारी सभा गर्न लागेको हो । सरकारलाई सुशासनका विषयमा खबरदारी गर्ने जनाइएको छ । सभामा मा‌ओवादी अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने बताइएको छ । 

नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश समिति, उपत्यका विशेष प्रदेश समिति र सम्पर्क समन्वय प्रदेश समितिले संयुक्त रुपमा  खबरदारी कार्यक्रमको संयोजन गरेको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.