माओवादीको खबरदारी जुलुस सुरु, प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत हुने

कार्तिक १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
माओवादीको खबरदारी जुलुस सुरु, प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध प्रदर्शन सुरु गरेको छ । सरकारविरुद्धको खबरदारी सभाअघि माओवादीले विरोध र्‍याली निकालेको हो । 

 सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारी सभामा परिणत हुने माओवादी केन्द्रले जानकारी दिएको हो।

सरकार बाढीपहिरोमा बेपत्ताहरुको खोजी, राहत वितरण र पुनर्निर्माणमा चुकेको भन्दै मा‌ओवादीले खबरदारी सभा आयोजना गरेको माओवादीले जनाएको छ। सभामा मा‌ओवादी अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।

नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश समिति, उपत्यका विशेष प्रदेश समिति र सम्पर्क समन्वय प्रदेश समितिले संयुक्त रुपमा खबरदारी कार्यक्रमको संयोजन गरेको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.