राम्रै काम गरेका छन् ओलीजीले : शेरबहादुर देउवा

कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
राम्रै काम गरेका छन् ओलीजीले : शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैलीप्रति कांग्रेस असन्तुष्ट नभएको बताउनुभएको छ ।

अर्को दलसँग मिलेर सरकार बनाउँदा सानातिना समस्या आउनु स्वभाविकै भएको बताउँदै कांग्रेस सभापति देउवाले सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तुष्ट नै रहेको बताउनुभयो । दुई वर्षसम्म प्रधानमन्त्री ओलीले चलाउने र त्यसपछि डेढ वर्ष आफूले नेतृत्व लिने सहमति भएको स्मरण गर्दै सभापति देउवाले सरकार पुरै अवधि चल्ने दाबी गर्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनवापतको महसुल नतिरेका उद्योगको लाइन धमाधम काट्न थालेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.