भारतको प्रधानन्यायाधीशमा सञ्जीव खन्ना नियुक्त

कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतको प्रधानन्यायाधीशमा सञ्जीव खन्ना नियुक्त

काठमाडौं । भारतको प्रधानन्यायाधीशमा सञ्जीव खन्ना नियुक्त हुनु भएको छ । राष्ट्रपति द्रौपदी मुर्मुले भारतको ५१ औं प्रधानन्यायाधीशमा खन्नालाई नियुक्ति गर्नुभएको हो ।

वर्तमान प्रधानन्यायाधीश डीवाई चन्द्रचुडले आगामी नोभेम्बर १० मा अवकाश लिएपछि खन्नाले कार्यभार सम्हाल्नुहुनेछ । उहाँको कार्यकाल ६ महिनाको रहनेछ ।

कानुनमन्त्री अर्जुन राम मेघवालले राष्ट्रपति मुर्मुले संविधानले दिएको अधिकार प्रयोग गरी प्रधानन्यायाधीशको परामर्शमा खन्नालाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको जानकारी दिनुभएको हो ।

सन् १९८३ देखि कानुनी यात्रा सुरु गर्नुभएका खन्नाले आयकर विभागको वरिष्ट स्थायी वकिलको रुपमा काम गर्नु भएको थियो । सन् २००५ मा दिल्ली हाइकोर्टको एडिसनल जजको रुपमा बढुवा गरिनु भएका उहाँ २००६ मा स्थायी न्यायाधीश बन्नु भएको थियो । पछिल्लो पटक उहाँले दिएको अन्तरिम जमानतका कारण दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल लोकसभा चुनाव प्रचारमा सहभागी हुन पाउनु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.