राखेपका पूर्वसदस्य सचिव राणाको निधन

कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
राखेपका पूर्वसदस्य सचिव राणाको निधन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव सुशील शमशेर जबराको ९१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

राणाको आज नै पशुपति आर्यघाटमा अन्तिम श्रद्धान्जलीसहित दाहसंस्कार भएको छ । राष्ट्रिय खेलकुद परिषद्को दोस्रो सदस्य सचिवका रुपमा राणाले ६ वर्ष सम्म नेपाली खेलकुदका लागि योगदान गरेका थिए ।

२०१७ साल देखि २०२४ साल सम्म राणा परिषद्को सदस्य सचिव थिए । नेपाल व्याडमिन्टन संघको सस्थापक अध्यक्ष उनी अहिले आजीवन मानर्थ अध्यक्ष रहेको भएको संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी दिएका छन् ।

राणाको निधन प्रति राष्ट्रिय खेलकुद परिषद्ले दुख व्यक्त गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.