जग्गा दान लिने निर्णयविरुद्ध बोल्ने नेतालाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न एमालेको पत्र

कार्तिक ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
जग्गा दान लिने निर्णयविरुद्ध बोल्ने नेतालाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न एमालेको पत्र

काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय भवन र जग्गा प्राप्तिको संस्थागत निर्णय विपरीत अभिव्यक्ति दिएको भन्दै तीन जना नेतालाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ ।

एमाले महासचिव शंकर पोखरेलले स्थायी समिति सदस्य विन्दा पाण्डे, नेता भीम रावल र उषाकिरण तिम्सेनालाई पार्टी निर्णयविपरित अभिव्यक्ति दिएकोमा किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण दिन पत्र पठाउनुभएको हो ।

पत्रमा पार्टी अध्यक्षबाटै शिलान्यास गरिएको कार्यालय भवनको विषयमा सामाजिक सञ्जालबाट गरिएको गलत प्रचारले पार्टीको प्रतिष्ठा र मर्यादामा आँच पुर्‍याउने देखिएकाले सचिवालयको बैठकको निर्णयअनुसार स्पष्टीकरण सोधिएको उल्लेख छ ।

यसअघि आइतबार बसेको एमाले सचिवालयले बैठकले तीन नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । आज पठाइएको पत्र नेताहरूले प्राप्त गरिसकेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.