सरकार आफू निकट भ्रष्टलाई जोगाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्यो : पुष्पकमल दाहाल

कार्तिक ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकार आफू निकट भ्रष्टलाई जोगाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्यो : पुष्पकमल दाहाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार आफू निकटका भ्रष्टाचारीलाई बचाउने र प्रतिद्वन्द्वीहरुलाई खोजीखोजी हान्ने खेलमा लागेको आरोप लगाउनु भएको छ ।

पार्टी कार्यालय कोटेश्वरमा आज पार्टीको प्रदेश समन्वय समितिको बैठकमा अध्यक्ष दाहालले सुशासनको मामिलामा सरकार कमजोर देखिएको दाबी गर्नुभयो । माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने पनि जनाएको छ ।

सरकारका गलत कदमको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्ने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले विपद् व्यवस्थापनमा सरकार असंवेदनशील र गैरजिम्मेवार बनेको पनि आरोप लगाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.