काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न देशका लागि नवनियुक्त राजदूतहरूलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा रूसका लागि नवनियुक्त राजदूत जंगबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, दक्षिण कोरियाकी राजदूत डा शिवमाया तुम्बाहाङ्फे र भारतका राजदूत डा शंकरप्रसाद शर्माले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।
शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको जनाइएको छ ।