संविधान संशोधनका लागि इगो बिर्सिएर सबै दल एक ठाउँमा आउनुपर्छ : पर्यटनमन्त्री पाण्डे

आश्विन २, २०८१ |कान्तिपुर टीभी संवाददाता
संविधान संशोधनका लागि इगो बिर्सिएर सबै दल एक ठाउँमा आउनुपर्छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संविधान संशोधन दुई दलले मात्रै गरेर सम्भव नहुने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको संविधान र संस्कृति विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश गम्भीर संकटमा रहेकाले नेपाली काँग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनुपरेको बताउनु भयो ।

उहाँले कांग्रेस र एमाले एक ठाउँमा उभिनुलाई राजनीतिक रुपमा मात्रै बुझ्न नहुने बताउनु भयो । उहाँले साना दलहरुलाई खुम्च्याउने, ठूला दुई दलको सिण्डिकेट कायम गर्ने भन्ने जस्ता भ्रम फैल्याएर राजनीतिलाई कतैतिर केन्द्रित गर्ने ढंगले भ्रम फिँजाइएको बताउनु भयो ।

उहाँले ०८४ मा दुई दल प्रतिष्पर्धा गर्नेकुरा अवश्यम्भावी रहेको उल्लेख गर्दै आफ्नो इगोलाई बिर्सिएर देश विकासमा लाग्न सबै राजनीतिक दलहरुलाई आह्वान गर्नुभयो । आफ्ना आग्रह र पूर्वाग्रहहरुलाई, प्रतिष्पर्धालाई युद्धविराम गरेर नै काँग्रेस र एमालेले देशको नेतृत्व गरिरहेको बताउनु भयो ।

देशभक्तिको स्वार्थमा सबै केन्द्रित हुनसके संविधानले बोकेको संस्कृतिको सम्मान हुने बताउनु भयो । राजनीति एउटा आदर्शको बाटो समातेर अघि बढ्नुपर्ने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement