संविधान संशोधनको विषयमा नतर्सिन गृहमन्त्री लेखकको आग्रह

आश्विन २, २०८१ |कान्तिपुर टीभी संवाददाता
संविधान संशोधनको विषयमा नतर्सिन गृहमन्त्री लेखकको आग्रह

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको विषयमा नतर्सिन, नआत्तिन र यसैलाई राजनीतिक एजेण्डा बनाएर नहिड्न आग्रह गर्नुभएको छ ।

काठमाडौं भएको एक कार्यक्रममा गृहमन्त्री लेखकले संविधान संसोधनको कुरा गर्ने बित्तिकै नतर्सिन आग्रह गर्नु भएको हो । संविधानका सबल र दुर्बल पक्षलाई पहिचान गरेर वार्ता तथा सहमतिमार्फत् संसोधन गरिने भएकाले नआत्तिन र राजनीतिक एजेण्डा बनाएर हिड्न आवश्यक नरहेको उहाँको भनाइ छ ।

कार्यक्रममा सभामुख देवराज घिमिरेले संविधान कार्यान्वयनका लागि संसोधन गर्नुपर्ने हो वा भएका कानुन परिमार्जन गर्नुपर्ने हो त्यसका लागि सबै एकताबद्ध हुनुपर्ने बताउनु भयो ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पश्चगामी सोचका साथ आएको तर्कले गरिएको संविधान संसोधन मान्य नहुने बताउनुभयो ।

कार्यक्रममा सहभागी वक्ताहरुले संविधान संसोधन, कानुन निर्माण र तीनै तहका सरकारको अन्तर्सम्बन्धका विषयमा आफ्ना धारणा राखेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement