संविधानमा मात्रै नभई शासन प्रणालीमा पनि सबै समुदायको प्रतिनिधित्व आवश्यक छ : सभापति देउवा

आश्विन १, २०८१ |कान्तिपुर टीभी संवाददाता
संविधानमा मात्रै नभई शासन प्रणालीमा पनि सबै समुदायको प्रतिनिधित्व आवश्यक छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा मात्रै नभई देशको शासन प्रणालीमा पनि सबै समुदायको प्रतिनिधित्व आवश्यक भएकाले समावेशी प्रणाली नहट्ने बताउनुभयो ।

संविधान संशोधनको चर्चा भइरहेका बेला कांग्रेस सभापति देउवाले कतिपय समुदायलाई चुनाव आफैं जित्न अझै पनि गाह्रो हुने भएकाले ती समुदायको प्रतिनिधित्व शासन प्रणालीबाट हटाउन नमिल्ने बताउनुभएको हो । कांग्रेसको कानुन विभागले आज काठमाडौंमा गरेको कार्यक्रममा उहाँले सबै समुदाय प्रतिस्पर्धी नभएसम्म समावेशी राजनीतिक व्यवस्था आवश्यक हुने बताउनुभयो ।

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा संविधान संशोधन हुनसक्ने तर प्रजातन्त्रकाविरुद्ध नभई प्रजातन्त्रलाई अझ मजबुत बनाउने गरी संशोधन गरिने बताउनुभयो । प्रदेश संरचनालाई पनि अझ बलियो बनाउनुपर्ने सभापति देउवाको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement