उपसभामुखले मार्ग प्रशस्त गर्नुपर्ने नेपाली कांग्रेसको ठहर

भाद्र २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
उपसभामुखले मार्ग प्रशस्त गर्नुपर्ने नेपाली कांग्रेसको ठहर

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले उपसभामुख इन्दिरा राना मगरलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुख रानालाई आफैँ मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।

 बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले बैठकले सत्तारुढ दलहरुको बैठक बसेर उपसभामुखबारे साझा धारणा बनाउने निर्णय भएको बताउनु भयो ।

उहाँले अनाधिकृत रुपमा उपसभामुखले असम्बन्धित व्यक्तिहरुलाई आफूसँगै कार्यक्रममा लैजान दिन भनेर अर्को देशको राज्दुतावासलाई पत्र लेख्नु संसदीय व्यवहार नभएको निस्कर्ष निकालेको बताउनु भयो । उपसभामुख आफैँले राजीनामा दिनुपर्ने र अर्को देशको राजदुतावासको सम्बन्धका विषयलाई लिएर गर्नै नहुने काम गर्नुभएको काँग्रेसको निस्कर्ष रहेको बताउनु भयो ।
उहाँले उपसभामुखले पत्र लेखेर कुटनीतिक नियोगलाई आग्रह गर्न नमिल्ले र गर्नैपर्ने भए सचिवालयमार्फत परराष्ट्र मन्त्रालय हुँदै जानुपर्ने बतउनु भयो । उपसभामुखको सो कार्यले संसदलाई अपमानित गरेको र मुलुकको शिर झुकाएको बताउनु भयो ।

प्रमुख सचेतक गुरुङले उपसभापति धनराज गुरुङको विषयमा छानविनबाट दोषी ठहर भए कारबाही भोग्ने र त्यसको छानविन गराउन काँग्रेस तयार रहेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement