FilePhoto
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।
बैठक अहिले बिहान ९ बजेबाट सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सुरु भएको हो ।
कांग्रेस उपसभापति धनराज गुरूङमाथि सहकारी बचत सम्बन्धमा उठेको प्रश्नबारे सामूहिक धारणा बनाउने बैठकको एजेन्डा रहेको बताइएको छ । त्यस्तै उपसभामुख इन्दिरा राना मगरलाई हटाउनेबारेको प्रस्ताव लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने कार्यसूची छ ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरूले संसदबाटै उपसभामुख रानामगरलाई राजीनामा दिन आग्रह गरेका थिए । कांग्रेसका सांसदहरूले भने यसबारे सार्वजनिक रुपमा बोलेका छैनन्।
विशेष गरि यी दुई विषयमा छलफलका लागि बैठक बोलाएको हो ।