काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री केपी शर्मा ओलीबीच हिजो राति भेटवार्ता भएको छ ।
सभापति लामिछानेले उपसभामुख इन्दिरा रानामगरलाई सरकाले हटाउन खोजेको विषयबारे चासो राख्नुभएको बुझिएको छ ।
रास्वपा सभापति लामिछाने मंगलबार पोखराबाट फर्के लगत्तै समय मागेर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीसँगको भेटमा लामिछानेले सत्ता गठबन्धनले उपसभामुख रानालाई पदबाट हटाउने तयारी गरेको विषयको आधिकारिकता के हो भनेर सोधेको बताइएको छ । ओलीले भने संसद्मा उठेको विषय संसदबाटै निराकरण हुने जवाफ दिनुभएको थियो ।
सरकारले उपसभामुख राणाविरुद्ध महाअभियोग दर्ताको तयारी गरेपछि हिजोदेखिनै राजनीतिक तरंग उत्पन्न भएको छ । मंगलबारको संसदमा एमालेका सांसदहरुले उपसभामुखको राजीनामा मागेका थिए ।