प्रधानमन्त्री ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

भाद्र २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुख इन्दिरा रानामगरलाई सरकाले हटाउन खोजेको विषयबारे चासो राख्नुभएको छ ।

रास्वपा सभापति लामिछाने मंगलबार पोखराबाट फर्के लगत्तै समय मागेर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीसँगको भेटमा लामिछानेले सत्ता गठबन्धनले उपसभामुख रानालाई पदबाट हटाउने तयारी गरेको विषयको आधिकारिकता के हो भनेर सोधेको बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement