ओली शासनमा विद्यार्थीले दीक्षित हुन पनि पाएनन् : रास्वपा सांसद श्रेष्ठ

भाद्र २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
ओली शासनमा विद्यार्थीले दीक्षित हुन पनि पाएनन् : रास्वपा सांसद श्रेष्ठ

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा आएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित गरेकोमा आपत्ति जनाउनुभएको छ ।

प्रतिष्ठानको दीक्षान्त समारोह भाद्र २३ गतेका लागि तय गरिएको थियो । तर सबै विद्यार्थीहरु दिक्षित हुनका लागि त्यहाँ पुगेपछि प्रधानमन्त्री ओलीले कुलपतिको हैसियतले कार्य व्यवस्तताको कारण देखाउँदै सो दीक्षान्त समारोह स्थगित गरेको भन्दै उहाँले आपत्ति जनाउनुभएको हो । सांसद श्रेष्ठले समय मिलाउन नसकेको भन्दै प्रधानमन्त्री ओलीको कार्य क्षमतामाथि नै प्रश्न उठेको जिकिर समेत गर्नुभयो ।

उहाँले विद्यार्थीहरुको दीक्षित हुने अधिकार ओली सरकारले कटौती गर्न नमिल्ने तर्क समेत गर्नुभयो । सांसद श्रेष्ठले सो प्रतिष्ठानको दीक्षान्त समारोह र कृषि तथा वन विज्ञान विश्वविद्यालयका परीक्षा कहिलेबाट सुरु हुन्छ ? भनि सरकारलाई प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विद्यार्थीहरुको दीक्षित हुने राइट होइन त्यो ? हक अधिकार होइन ? सभामुख महोदय, म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु-विद्यार्थीहरुको जीवनमा यस्तो जाँचमा खेलबाड नगरियोस् । बरु राणा शासनमा एउटा विद्यार्थीलाई पढनका लागि व्यवस्था थियो भन्छन् । यो ओली शासनमा चाहिँ इतिहासले कसरी लेख्छ । यो चाहीँ हेर्नुपर्नेछ । ओली शासनमा यो एएफयूको जाँच कहिले हुन्छ ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह कहिले हुन्छ ? सभामुख महोदय ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement