माओवादी बैठकमा सुदन किरातीको ६ बुँदे सुझाव : पार्टी पङ्क्तिलाई जनविश्वविद्यालयमा पठाऊ !

भाद्र २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
माओवादी बैठकमा सुदन किरातीको ६ बुँदे सुझाव : पार्टी पङ्क्तिलाई जनविश्वविद्यालयमा पठाऊ !

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुदन किरातीले पार्टी पङ्क्तिलाई पूर्णरुपमा जनतामा केन्द्रित गर्न लिखित सुझाव पेस गर्नु भएको छ ।

उदयपुरमा भएको कोशी प्रदेश स्तरीय केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी बैठकमा किरातीले पार्टी बनाउने अन्तिम अवसर र चुनौती भएकाले जनता केन्द्रित गर्न नसके पार्टी उठ्ने आधार नरहेको बताउनु भयो ।

नेपाली मौलिकतामा समाजवादी विचारको निर्माण र संगठन परिचालन शीर्षकमा किरातीले ६ बुँदे लिखित सुझाव बैठकमा पेस गर्नु भएको हो । उहाँले ऋतुअनुसारका संगठन परिचालनका काम, विचार निर्माणका लागि जनतामा घुलमिल, स्थानीय तहबाट समाजवाद निर्माणको अभ्यास लगायतका विषय सुझावमा समेटेका छन् ।

दुई दिनसम्म चल्ने परामर्श बैठकमा अध्यक्ष पुष्पकमल दाहालसहित उपमहासचिव तहसम्मका नेता सहभागी छन् ।

सुदन किरातीका ६ बुँदे सुझाव :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement