परराष्ट्रमन्त्री राणाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्दै

भाद्र ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
परराष्ट्रमन्त्री राणाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्दै

काठमाडौं । पाँच दिने भ्रमणका क्रममा भारतको नयाँ दिल्लीमा रहनु भएकी परराष्ट्रमन्त्री आरजु राणाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्नुहुने भएको छ ।

परराष्ट्रमन्त्री राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा हिजो नयाँ दिल्ली पुग्नु भएको हो । मन्त्री बनेपछि उहाँको यो पहिलो विदेश भ्रमण हो ।

भारतीय प्रधानमन्त्री मोदीको कार्यालयले परराष्ट्रमन्त्री राणालाई आज भेटवार्ताका लागि समय दिएको परराष्ट्र श्रोतले जनाएको छ ।

आज नै भारतीय विदेशमन्त्री एस जयशंकरसँग दुई पक्षीय हित र नेपाल भारत सम्बन्धका पक्षमा कुराकानी हुने कार्यक्रम छ। पाँच दिने भ्रमण पुरा गरि परराष्ट्र मन्त्री राणा बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement