काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपूलले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ । गए रातिको खेलमा लेस्टर सिटीलाई ३–१ गोलले हराउँदै लिभरपूलले सात अंकको अग्रता बनाएको हो ।
यो सिजनमा सुरूदेखि नै आफ्नो उत्कृष्ट लय कायम राख्न सफल लिभरपूलले एक गोलले पछि परेको अवस्थाबाट ‘कमब्याक’ गरेको हो ।
खेलको छैटौं मिनेटमा नै मविदिदीले बायाँतर्फबाट दिएको लो क्रसमा जोर्डन एइले गोल गरेका हुन् । तर पहिलो हाफमा नै प्रशिक्षक आर्नोस स्लटकोटोलीको टोलीले गोल फर्काउन सफल भयो । लिभरपूलको तर्फबाट कोडी गाक्पोले गोल गरेका थिए । उनले पहिलो हाफको इन्ज्युरी समयमा बराबरी गोल गरेका हुन् ।
यता, खेलको ४९औं मिनेटमा कर्टिस जोन्सले गोल गरेपछि भने लिभरपूलले अग्रता आफ्नो हातमा ल्याएको थियो। त्यसैगरी मोहम्मद सलाहले ८२औं मिनेटमा सुन्दर फिनिस गरे । एक गोलले पछि परेको अवस्थाबाट जित निकाल्ने क्रममा लिभरपूलले विपक्षीको पोस्टतर्फ १९ प्रहार गरेको थियो । एनफिल्डमा सुरूआतमा अग्रता बनाएको भए पनि लेस्टर पराजय स्वीकार गर्न बाध्य भयो ।
लिभरपूलले १७ खेलबाट १३ जित सहित ४२ अंक बनाएको छ । उसले अहिलेसम्म एक खेलमा मात्रै हार बेहोरेको छ । त्यसैगरी दोस्रो स्थानको चेल्सीको ३५ अंक छ । १४ अंकको साथ लेस्टर सिटी रेलिगेसन क्षेत्रमा छ ।