एक वर्षभित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्छौं : प्रधानमन्त्री ओली

श्रावण २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
एक वर्षभित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्छौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले बालबालिका सडकमा हुनु नहुने बताउनु भयो । उहाँले बालबालिकाहरु अभिभावकविहीन भएर सडकमा अलपत्र पर्ने अवस्थाको अन्त्य गर्ने बताउनु भयो । उहाँले बालबालिकालाई सडकमा अलपत्र भएको हेर्न नसक्ने पनि बताउनु भयो ।

‘बालबालिकाको स्याहरसम्भार, अहिले यहाँहरुले याद गर्नुभयो होला । बालबालिका सडकमा हुनु हुँदैन । खाते भएर रहनु हुँदैन भनेर पहिला पनि मैले क्याम्पेन चलाएको थिएँ,' उहाँले भन्नुभयो, 'सरकारमा आउने बित्तिकै मैले पहिलो दिन नै क्याबिनेटबाट घोषणा गरेको छु, एक वर्ष भित्र हामी सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्नेछौँ । हाम्रा छोराछोरी, हाम्रा बालबच्चाहरु अभिभावक विहीन भएर सडकमा अलपत्र पर्न मिल्दैन । सरकारले त्यसको जिम्मा लिनुपर्छ ।'

उहाँले उनीहरुको रेखदेख, सन्तुलित आहार दिने, स्याहारसम्भार गर्ने, उन्नति प्रगतिका लागि उचित शिक्षा, स्वास्थ्यको प्रवन्ध गर्ने र अन्य अवसर पनि उपलब्ध गराउने कर्तव्य राज्यको भएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले वर्षमा ५ लाख रोजगारी आवश्यक पर्ने बताउनु भयो । युवाहरुलाई उद्यमशीलतामा विकास गर्नुपर्ने जरुरी रहेको र सरकारले गहन रुपमा सोचिरहेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement