काठमाडौं । सांसदहरूले बंगलादेशमा भइरहेको पछिल्लो राजनीतिक घटनाक्रम र त्यहाँ रहेका नेपालीको अवस्थाबारे सरकारसँग जानकारी माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले बंगलादेशमा राजनीतिक अस्थिरताप्रति सचेत रहँदै त्यहाँ रहेका नेपालीलाई सुरक्षित गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसदहरूले उठाएको विषयपछि सभाध्यक्षले सरकारको ध्यानाकर्षण गराउनुभयो । बंगलादेशमा आन्दोलन चर्किएपछि त्यहाँ रहेका नेपालीलाई पर्न सक्ने असरका विषयमा समेत गम्भीर हुन सरकारको ध्यानाकर्षण गराइएको हो ।