सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन कार्यदलको बैठक जारी

श्रावण ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन कार्यदलको बैठक जारी

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ ।

बैठक सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा बसिरहेको छ । नेपाली कांग्रेसको तर्फबाट कार्यदलका सदस्य गृहमन्त्री रमेश लेखक, नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा (माओवादी केन्द्र) को तर्फबाट उपमहासचिव जनार्दन शर्मा बैठकमा सहभागी हुनुहुन्छ ।

टीआरसी विधेयक सम्बन्धी सहमति हुन बाँकी बुँदाहरुमा छलफल गरी टुंग्याइने बताइएको छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक संसद्‌मा विचाराधीन छ ।

दलहरूबीच बालसेनाको मामिलालाई ऐनमा कसरी उल्लेख गर्ने र मेलमिलापका घटनामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने भन्नेबारे छलफल सुरु भएपनि निस्कर्षमा पुगिसकेको छैन । साथै पीडितको स्वतन्त्र सहमतिका बारेमा निस्कर्ष निस्कन सकेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.