एकीकृत समाजवादीको ९३ सदस्यीय कार्यसमिति घोषणा, अटाउनुभएन प्रेम आले

असार २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
एकीकृत समाजवादीको ९३ सदस्यीय कार्यसमिति घोषणा, अटाउनुभएन प्रेम आले

काठमाडौं । नेकपा एकीकृत समाजवादीका ९३ जना केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

काठमाडौंमा शुक्रबार ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गर्दै सबै सदस्यहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । सबै केन्द्रीय कार्यसमिति सदस्यलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेलले शपथग्रहण गराउनुभयो ।

२९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको एकीकृत समाजवादीले बाँकी सदस्य आगामी १० दिनभित्र पूर्णता दिने जनाएको छ ।

महाधिवेशनले पार्टी अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको छ ।

पार्टीको केन्द्रीय समितिमा डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद प्रेम आले भने अटाउनुभएन । उहाँ दशौं महाधिवेशनमा सहभागी नभएकाले केन्द्रीय समितिमा नअटाउनुभएको हो । यसअघि आले पार्टीको पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.