पुरानो सरकार कहिले बिदा हुने यत्तिकै भन्न सकिँदैन : माधव नेपाल

असार २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
पुरानो सरकार कहिले बिदा हुने यत्तिकै भन्न सकिँदैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनाउनुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबार सम्पन्न पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजवादी मोर्चाको बैठक बस्न ढिला भइसकेको बताउनुभयो । उहाँले अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको बताउनुभयो । उहाँले यसले केन्द्रमा मात्र नभइ प्रदेशमा पनि प्रभाव पार्ने बताउनुभयो ।

नयाँ सरकारका काम, क्रियाकलापअनुसार राष्ट्रिय राजनीतिमा प्रभाव पर्ने अध्यक्ष नेपालको भनाइ छ । उहाँले नयाँ समीकरणमा सामेल हुने पार्टीहरुसँग पनि हामीले छलफल, परामर्श गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । पुरानो सरकार कहिले बिदा हुने र नयाँ सरकारले कहिले आकार लिने भन्नेकुरा यत्तिकै भन्न नसकिने पनि उहाँले बताउनुभयो ।

‘अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको छ । यसले केन्द्रमा मात्रै प्रभाव पार्ने छैन, प्रदेश प्रदेशमा पनि प्रभाव पार्नेछ । यसले एउटा क्षेत्रमा मात्रै प्रभाव पार्ने छैन, यो नयाँ सरकारका काम, क्रियाकलाप कस्तो हुनेछ, त्यसले राष्ट्रिय राजनीतिलाई पनि प्रभाव पार्नेछ । यस अर्थमा हामीले कसरी अघि बढ्ने हो ? यस बारेमा विभिन्न दलहरुसँग पनि वार्ता गर्नुपर्नेछ,’ उहाँले भन्नुभयो, ‘समाजवादी मोर्चालाई क्रियाशिल गर्नुपर्नेछ । त्यसको निम्ति पनि बैठक बस्न ढिलो भइसकेको छ । अहिलेको नयाँ समीकरणको आधारमा नयाँ समीकरणमा सामेल हुने पार्टीहरुसँग पनि हामीले छलफल, परामर्श गर्नुपर्ने आवश्यकता छ । कुन ढंगले अघि बढ्ने हो ? कस्तो नीति लिनेछ ? कहिले आकार ग्रहण गर्नेछ, पुरानो सरकार कहिले बिदा हुनेछ, यी सबै कुरा यत्तिकै भन्न सकिँदैन, हाम्रो पनि सहभागिता र भूमिका रहने भएकाले यस कार्यमा पनि जुट्नुपर्नेछ ।’

अध्यक्ष नेपालले पार्टीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा तरंग पैदा गरेको पनि बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.