एमालेसँगको सहमति अनुमोदन गर्ने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय

असार १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
 एमालेसँगको सहमति अनुमोदन गर्ने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेसँगको सत्ता सहकार्य गर्ने सहमतिलाई कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको छ । 

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमालेसँगको सहमति अनुमोदन गर्ने निर्णय गरेको हो । 

यस्तै बैठकले नयाँ सरकार गठन गर्न प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गर्ने पनि निर्णय गरेको छ । यस्तै भातृ संस्थाको म्याद ६ महिना थप्ने पदाधिकारी बैठकको निर्णय पनि अनुमोदन गर्ने पनि आजको बैठकले निर्णय गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.