रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, महामन्त्री ढकालको प्रतिवेदनमाथि छलफल हुने

असार १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, महामन्त्री ढकालको प्रतिवेदनमाथि छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा अहिले बिहान ८ बजेबाट बस्ने गरी बैठक बोलाइएको हो ।

एमाले-कांग्रेसको नयाँ सत्ता सहकार्यको सहमति भएपछि रास्वपाको बैठक बस्न लागेको हो । आजको बैठकमा वर्तमान राजनीतिक परिवर्तनका बारेमा पनि छलफल हुने जनाइएको छ । रास्वपाले नयाँ गठबन्धनमा सहभागी नहुने बताइसकेको छ । 

 यस्तै आजको बैठकमा पार्टी महामन्त्री मुकुल ढकालले सभापतिलाई बुझाएको समीक्षा प्रतिवेदनमाथि पनि छलफल हुने बताइएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.