कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

असार १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बिहान ९ बजे बस्नेगरी बोलाइएको हो ।

एमाले-कांग्रेसको नयाँ सत्ता सहकार्यको सहमति भएपछि आज कार्यसम्पादन बैठक राखिएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समिततिका पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि पनि निर्देशन दिइएको छ ।

सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार गठन र संविधान संशोधन गर्ने लगायतका विषयमा सहकार्य गर्ने सहमति भएको छ । यही सहमतिलाई कार्यसम्पादन बैठकले अनुमोदन गर्ने बताइएको छ । 

हिजो बसेको पदाधिकारी बैठकमा सभापति देउवाले सत्ता समीकरणका विषयमा एमालेसँग भएको समझदारीबारे जानकारी गराउनु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.