सहकारीको समस्या समाधान गर्न राजनीतिक दलसँग लिखित सुझाव माग्ने संसदीय छानबिन विशेष समितिको निर्णय

असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारीको समस्या समाधान गर्न राजनीतिक दलसँग लिखित सुझाव माग्ने संसदीय छानबिन विशेष समितिको निर्णय

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूसँग समस्या समाधानका लागि सुझाव माग गर्ने निर्णय गरेको छ ।

छानबिन विशेष समितिको आज बसेको बैठकले सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ र सहकारी बैंक लिमिटेडका पदाधिकारीसँग छलफल गरेको छ ।

अब दलहरुसँग सुझावका लागि पत्राचार गरिने समितिका संयोजक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । सहकारी समस्यालाई जस्ताको तस्तै बुझ्न, तथ्य प्राप्त गर्न र समाधान गर्ने कोसिस जारी रहेको बताउनुभयो । सहकारी समस्या आर्थिक क्षेत्रको समस्या मात्रै नभएर तीनखम्बे अर्थतन्त्रकै खम्बा भएको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.