गृहसचिव र प्रहरी महानिरीक्षकलाई सहकारीहरुको स्थितिबारे जानकारी लिन संसदीय छानबिन विशेष समितिले बोलायो

असार २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
गृहसचिव र प्रहरी महानिरीक्षकलाई सहकारीहरुको स्थितिबारे जानकारी लिन संसदीय छानबिन विशेष समितिले बोलायो

काठमाडौं । सहकारीको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलाएको छ ।

सिंहदरबारमा आज बसेको सीआईबी र प्रहरीले छानबिन गरेका सहकारीहरुको स्थितिबारे जानकारी गराउन समितिले गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएको हो ।

समितिले समस्याग्रस्त २९ वटै सहकारीका सञ्चालकहरुलाई पनि समितिमा उपस्थित हुन निर्देशन दिएको छ । छानबिन विशेष समितिले अनुसूचीमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई समितिमा उपस्थित भई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको सभापति सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

समितले आज महालेखापरीक्षक तोयम राया, सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेसहित अधिकारीहरुसँग छलफल गरेको थियो ।

सहकारीको रकम दुरुपयोग गरी सर्वसाधारणको बचत हिनामिना गरेको आरोपमा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएपछि संसद्‌ले छानबिनका लागि विशेष समिति बनाएको हो ।

यो पनि...

अनुसन्धानमा सघाउन समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकलाई छानबिन समितिको निर्देशन


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.