लुम्बिनीमा एमालेका मन्त्रीको राजीनामा, सरकारलाई दिएको समर्थन पनि फिर्ता

असार २०, २०८१ |अमर क्षितिज भण्डारी
लुम्बिनीमा एमालेका मन्त्रीको राजीनामा, सरकारलाई दिएको समर्थन पनि फिर्ता

दाङ । लुम्बिनी प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेबाट मन्त्री बनेका पाँच जनाले आजै राजीनामासमेत दिएका छन् ।

केन्द्रमा फेरिएको सत्ता समीकरणले लुम्बिनी प्रदेशमा पनि सरकार फेरबदलको स्थिति देखापरेको हो । केन्द्रमा एमाले मन्त्रीहरुले राजीनामा बुझाएपछि लुम्बिनी प्रदेशमा पनि एमालेले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महरा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै पाँच मन्त्रीले समूहिक राजीनामा बुझाएका हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महरा एमाले र अन्य केही साना दलको समर्थनमा गत चैत २३ गते ४८ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो ।

लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालमा दुई वर्ष नपुग्दै अहिलेसम्म नेकपा एमालेबाट लीला गिरी, नेपाली कांग्रेसबाट डिल्लीबहादुर चौधरी र माओवादी केन्द्रबाट जोखबहादुर महरा गरी तीनजना मुख्यमन्त्री बनिसक्नुभएको छ ।

यो पनि...

सुदूरपश्चिम सरकारबाट एमाले बाहिरियो


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।