प्रधानमन्त्री दाहाललाई राजीनामा दिन आग्रह गर्ने एमाले सचिवालय बैठकको निर्णय

असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री दाहाललाई राजीनामा दिन आग्रह गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिएर मार्ग प्रसस्त गर्न आग्रह गर्ने निर्णय गरेको छ । एमाले पार्टी कार्यलय च्यासलमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

यस्तै एमाले-कांग्रेसको सहकार्य पनि स्वागत योग्य रहेको बैठकले ठहर गरेको छ । राष्ट्रिय सहमतिको सरकारका लागि आह्वान गर्ने पनि सचिवालय बैठकले निर्णय गरेको छ । नेपाली कांग्रेससँग भएको राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारीबारे जानकारी दिन एमालेले सचिवालय बैठक राखेको थियो ।

एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सत्ता गठबन्धनका लागि सोमबार राति सहमति भएको हो । ओली-देउवाबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति जुटेपछि आज एमाले सचिवालय बैठक बसेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.