तत्काल आईजीपी परिवर्तन हुँदैन : प्रधानमन्त्री दाहाल

असार ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
तत्काल आईजीपी परिवर्तन हुँदैन : प्रधानमन्त्री दाहाल

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन नहुने बताउनुभएको छ ।

भरतपुर विमानस्थलमा आज (सोमबार) पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले आफूले केही दिनअघि तीनवटै सुरक्षा निकायका प्रमुखसँग कुरा गरेको र उनीहरूलाई ढुक्कले काम गर्न भनेको जानकारी दिनुभयो । उहाँले आईजीपी परिवर्तनको विषय हल्ला मात्रै रहेको भन्दै ढुक्कसँग काम गर्न भनेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको दाबी गर्नुभयो । समग्रमा बजेट सन्तोषजनक रहेको उहाँको भनाइ छ । प्रधानमन्त्री दाहालले रास्वपाका मन्त्रीले राजीनामा खल्तीमा बोकेर हिँडेको विषयलाई सामान्य रुपमा लिएको बताउनुभयो । ‘नयाँ पार्टीलाई नयाँ देखाउनुपर्ने र आफ्नो छुट्टै पहिचानका निम्ति भन्नुपर्ने आवश्यकता होला’ भन्दै खास अरु केही नभएको उहाँको जिकिर थियो ।

प्रधानमन्त्री दाहाल कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन चितवन पुग्नुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.