प्रतिनिधिसभा बैठक (LIVE)

असार २, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभा बैठक (LIVE)

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । आज पनि विभिन्न मन्त्रालय अन्तर्गतको विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र अर्थ मन्त्रालय अन्तर्गत विनियोजन बजेटका विभिन्न शीर्षकहरुमाथि छलफल हुने आजको कार्यसूची छ ।

यस्तै, बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने पनि आजको कार्यसूचीमा उल्लेख छ । त्यसपछि उहाँले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रस्तुत गर्नुहुने लगायतका सम्भावित कार्यसूची आजको बैठकमा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.