सांसद पौडेलको प्रश्न- देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ?

असार १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
सांसद पौडेलको प्रश्न- देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ? भन्दै प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै उहाँले यस्तो प्रश्न गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुले आफूले भनेको नमानेको कुरा बताउनुभएको उल्लेख गर्दै प्रधानमन्त्रीय पद्धतिमा यो लज्जास्पद भएको बताउनुभयो । सरकारमा बसेर प्रश्न सोध्नेहरुको जवाफ कसले दिने ? भन्ने उहाँको अर्को प्रश्न थियो । 'प्रधानमन्त्रीज्यु भन्नुहुन्छ, मेरो निर्देशन कसैले मान्दैन,' उहाँले भन्नुभयो, 'प्रधानमन्त्रीय पद्धतिमा योभन्दा लज्जाजनक कुरा के हुनसक्छ ? म सभामुखमार्फत सरकारलाई सोध्न चाहन्छु, सरकारमा बसेर प्रश्न सोध्नेहरुको जवाफ कसले दिने हो ? यो अराजकता कहिले अन्त्य हुने हो । यो देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ ? जवाफ चाहन्छु ।’

उहाँले सरकार अराजकतातिर गइरहेको बताउनु भयो । उहाँले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विदेशीलाई सूचना बेच्ने व्यक्ति संसदा रहेको अभिव्यक्ति दिनुभएको र रक्षामन्त्री हरि उप्रेतीले आइतबार सांसदका प्रश्नको जवाफ दिने क्रममा दिनुभएको अभिव्यक्ति पदीय मर्यादाअनुरुप नरहेको जिकिर गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement