बेलग्रेडमा अलपत्र युवालाई स्वदेश फर्काइयोस्, म्यानपावरलाई कारबाही होस् : उपसभापति गुरुङ

असार १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
बेलग्रेडमा अलपत्र युवालाई स्वदेश फर्काइयोस्, म्यानपावरलाई कारबाही होस् : उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राम्रो पारिश्रमिकको प्रलोभन देखाइ विदेश पठाउने र अलपत्र पार्ने म्यानपावर कम्पनीहरुलाई कारबाही गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

'म्यानपावरले जथाभाबी रुपमा कन्फर्म नभइकन युवालाई साढे ६ लाख रुपैयाँसम्म लिएर यसरी विदेश पठाउने र फर्काउने यसले मुलुकको शिर झुकाउने काम गरेको छ,' उहाँले भन्नुभयो, 'युवाहरु ठगिने काम भएको छ । ठूलो रहर बोकेर गएकाहरुलाई फर्काइएको छ । उनीहरुलाई क्षतिपूर्ति दिनुपर्छ । युवाहरुलाई अनियमित ढंगबाट र उनीहरुलाई त्यहाँ सरोकारवालासँग कुरा नभइकन विदेशको लोभ देखाएर पठाइ युवाहरु ठग्ने काम क्षम्य छैन ।'

प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुवेतको नेपाली जन सम्पर्क समिति कार्यक्रममा सहभागी भइ आफू स्वदेश फर्किने क्रममा ५ जना नेपाली बेलग्रेडबाट फर्काइएको अवस्थामा पाएको उल्लेख गर्नुभयो । 

उहाँले झापाको खगोल म्यानपावर र काठमाडौंको डायनामिक मुख्य म्यानपावरबाट प्रतव्यक्ति साढे ६ लाख रुपैयाँ लिएर बेलग्रेड पुर्‍याइएको र विमानस्थलमा अलपत्र परी फर्किएको बताउनुभयो । यस्तै १० जना नेपाली अझै अलपत्र रहेको उहाँले जानकारफ दिनुभयो । उहाँले १५ जना मध्ये १४ जना झापा जिल्लाको र एक जना बर्दिया जिल्लाको रहेको जानकारी आफूले पाएको बताउनु भयो । ठगिएका युवाहरुलाई क्षतिपूर्ति दिन र म्यानपावर कम्पनीलाई कारबाही गर्न समेत उहाँले आग्रह गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement