निर्मला पन्तको हत्या अनुसन्धानबारे गृहमन्त्री लामिछानेको दाबी- नतिजाउन्मुख छौं

असार १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
निर्मला पन्तको हत्या अनुसन्धानबारे गृहमन्त्री लामिछानेको दाबी- नतिजाउन्मुख छौं

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजाउन्मुख रहेको दाबी गर्नुभएको छ ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा सांसद गोमा तिमल्सिनाले सोध्नुभएको प्रश्नको जवाफ दिने क्रममा लामिछानेले निर्मला पन्तको हत्याबारे अनुसन्धान नतिजाउन्मुख रहेको दाबी गर्नु्भएको हो । उहाँले आफूले दुई दिनमा हत्यारा पत्ता लगाउने कुरा नगरेको तर प्राथमिकतामा राखेर अनुसन्धान गर्ने उल्लेख गरेको बताउनुभयो । गृहमन्त्री लामिछानेले अहिले पनि अनुसन्धान जारी रहेको बताउनुभयो ।

‘म अघिल्लो कार्यकालको पहिलो दिनको निर्णय हो त्यो । यसको पत्ता लगाउने हो । दिन गनेर दुई दिनमा पत्ता लगाउँछु भनेको कुरा सुन्दा कतै गलत ढंगले आएजस्तो छ । दिन गनेर आएको होइन, प्राथमिकतामा राखिएको हो । त्यो प्राथमिकतामा नै छ । अनुसन्धानको यो विषयलाई मैले आफ्नो प्राथमिकता अघिल्लो कार्यकालको विषयलाई भुलेको छैन । नतिजाउन्मुख छौं । यति जानकारी यहाँहरुलाई गराउन चाहन्छु,’ लामिछानेले भन्नुभयो ।

उहाँले आफूले पहिलो कार्यकालमा गरेका घोषणाहरु नभुलेको पनि जनाउनुभयो ।

यो पनि...

छाउपडीलगायत कुप्रथा अन्त्यका लागि समिति बनाएर काम गर्छौं : गृहमन्त्री लामिछाने


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement