चुरे संरक्षणमा तीनै तहको सरकार र स्थानीय समुदायको सहकार्य आवश्यक छ : प्रधानमन्त्री दाहाल

असार २, २०८१ |कान्तिपुर टीभी संवाददाता
चुरे संरक्षणमा तीनै तहको सरकार र स्थानीय समुदायको सहकार्य आवश्यक छ : प्रधानमन्त्री दाहाल

सिरहा । प्रधानमन्त्री पुष्पकमल दाहालले चुरे क्षेत्रको संरक्षणमा संघीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय र सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताउनुभएको छ ।

दशौँ चुरे संरक्षण दिवसको सन्दर्भमा आज आयोजित बृहत् वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले तराई मधेसका बहुसंख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय भएको बताउनुभयो ।

'चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य छ,' प्रधानमन्त्री दाहालले भन्नुभयो, 'तराई मधेसका बहुसंख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय हो ।'

वृक्षरोपण गरिएका विरूवाहरूको संरक्षण र स्याहार सम्भार गर्ने कार्य उत्तिकै महत्वपूर्ण भएको भन्दै प्रधानमन्त्री दाहालले त्यसको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । ढुङ्गा, गिट्टी, बालुवाको संकलन र उत्खननले चुरे क्षेत्रको दोहन बढेको बताउँदै प्रधानमन्त्री दाहालले नदी प्रणालीको वातावरणीय अखण्डतामा गम्भीर संकट पैदा गरेको बताउनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.